यी हुन् ‘लङ ड्राइभ’मा निस्कदा साथमा बोक्नु पर्ने सामान

काठमाडौं । अहिले लकडाउनको कारण विश्वमा घुम्ने, रमाइलो गर्ने र लामो यात्रा गर्ने काम पूर्णरुपमा बन्द अवस्थामा रहेको छ । यस्तोमा अहिल्यै घुम्न जाने विषय चर्चा गर्नु बेकार हुन सक्छ ।

यद्यपी यस्तो डर र त्रासको अवस्था लामो समयसम्म भने रहँदैन । त्यसैले कोरोना भाइरसको समस्या समाधान भएपछि कार लिएर घुम्न जाने सोच अहिल्यैदेखि बनाउनु भएको भए हामी तपाईलाई केही जानकारी दिन सक्ने छौं ।

हामीले दिने केही टिप्स तपाई सधै‍ लामो यात्रा गर्नु हुन्छ भने पनि लाभदायी हुन सक्नेछ ।

पञ्चर रिपियर किटः यात्राको समयमा सबैभन्दा बढी दुःख टायर पञ्चर भएर दिने गर्छ । त्यसैले लामो यात्रामा निस्कदा जहिलेपनि पञ्जर भइहाले रिपियर गर्न किट बोकेर हिड्नु पर्छ ।

नेपाली बाटोमा जहाँ पायो त्यहि यस्ता टायर पञ्चर टाल्ने स्थान नभएकाले साथमा बोकेर हिड्दा सहज यात्रा गर्न सकिने छ । त्यसको लागि बजारमा पञ्चर किट सजिलै किन्न सकिन्छ ।

एयर पम्पः

पञ्चर टालेपछि टायरमा हावा हाल्न एयर पम्प चाहिन्छ । यस्ता पञ्चर आफै बनाएर हावा हालिएको टायर राम्रोसँग मर्मत नभएको हुन सक्छ । त्यसैले आफैँ बनाएर चलाएको केही समयमा टायर मर्मत सेन्टर भेट्टिएपछि लग्नु पर्छ । यसले तपाईको यात्रा सहज बनाउने छ । यस्ता एयर पम्प बजारमा सजिलै किन्न पाइने छ ।

पोर्टेवल मल्टी डक चार्जरः

यात्रामा निस्कदा सधै पावर बैंकको रुपमा पोर्टेवल चार्जर लिएर हिड्नु पर्छ । जसको सहयोगले समस्याको समयमा मोवाइल फोन चार्ज गर्न वा ल्याप्टप खोलेर अत्यावश्यक म्यासेज आदान प्रदान गर्न सकियोस् । यस्ता पोर्टेवल चार्जर सहजै इलेक्ट्रीक सामान बिक्री गर्ने बजारमा किन्न पाएन्छ ।

कार माउन्ट मोवाइल होल्डरः

यसको प्रयोगले यात्राको क्रममा तस्विर खिच्न र गाडी भित्रको वार्तालापलाई मोवाइलमा कैद गर्न सहयोग पुग्नेछ । यसको साथै कुन ठाँउको यात्रामा नेभिगेसन खोलेर यात्रा गर्नु पर्नेछ भने यसमा मोवाइल राखेर सहजै बाटो पहिल्याउँदै यात्रा गर्न सकिन्छ ।

सेन्ट्रल आम रेष्टः लामो यात्रामा गाडी चलाउँदा दुबै हात स्टेरिङमा राखिरहँदा गाह्रो हुन्छ । यदि सेन्ट्रल रेष्ट साथमा हुने हो भने चालकले एउटा हातलाई आराम दिएर यात्रा गर्न सक्नेछन् । गाडीमा इनव्यूल्ट नभएपनि यस्ता आर्मरेष्ट पछि हाल्न सकिन्छ ।

स्पेयर टायरः

लामो यात्रामा निस्कदा कम्तीमा एउटा स्पेयर टायर बोकेर निस्कनु पर्छ । यदि स्पेयरमा टायर भएन भने त्यसले बाटोमा टायर पड्केको अवस्थामा दुःख पाइन्छ । त्यसैले यात्रामा निस्कदा जहिल्यै स्पेयर टायर बोकेर हिड्नु पर्छ ।

यस्ता सामान्य कुरामा ध्यान दिएर यात्रामा निस्कने हो भने खासै ठूलो समस्या पर्दैन ।


Back_to_top