५०० किलोमिटर रेञ्ज दिने इलेक्ट्रीक एसयूभी ल्याउदै स्कोडा

काठमाडौं । स्कोडाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘स्कोडा एनियाक’को अहिले धमाधम सडक परिक्षण गरिरहेको छ । कम्पनीले स्कोडा एनियाकलाई तीन व्याट्री साइज र ५ पावर भेरियन्टमा बजारमा ल्याउने घोषणा गरेको छ । उक्त एसयूभीले ३६० देखि ५०० किलोमटरसम्म रेञ्ज प्रदान गर्छ ।

स्कोडाले परिक्षण पश्चात यो इलेक्ट्रीक कारको उत्पादन २०२० को अन्तिममा सुरु गर्ने जनाएको छ । स्कोडा एनियाक एक पटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेञ्ज प्रदान गर्नेछ ।

कम्पनीले ल्याउने इलेक्ट्रीक एसयूभीको लम्बाई ४६४८ एमएम, चौडाई १८७७ एमएम र उचाई १६१८ एमएम रहने छ । यसको ह्वीलवेस २७६५ रहने छ । यसमा ५८५ लिटरको बुट स्पेस रहने छ । यसले सुन्यदेखि १०० किलोमिटरको स्पीड केबल ६.२ सेकेन्डमा भेट्टाउन सक्ने क्षमता राख्छ ।

१८० किलोमिटर प्रतिघण्टाको स्पीडमा चलाउन मिल्ने यो इलेक्ट्रीक कारमा रहेको व्याट्रीलाई डिसी चार्जरबाट चार्जगर्दा ४० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसलाई कम्पनीले आईभी ८०, ८० एक्स र ८० भीआरएस भेरियन्टमा बजारमा ल्याउने छ । स्कोडाले आईभी ८० मा १५० किलोवाटको मोटर र अन्य दुई भेरियन्टमा १९५ किलोवाटको मोटर दिइएको छ ।

सुरुवातमा आउने स्कोडा इलेक्ट्रीक एसयूभीको स्पेशल एडिसन रहने छ । यसलाई कम्पनीले केवल १८९५ यूनिटमात्र बजारमा ल्याउने घोषणा गरेको छ । यसलाई स्कोडाले आफ्नो १२५ साल पुरा भएको अवशरमा बजारमा उतार्ने छ ।


Back_to_top