रोयल इन्फिल्ड र साेराज अटोमोवाइलले कुनै समय डिजेल इन्जिनयुक्त मोटरसाइकल भारतमा उत्पादन गर्ने गरेका थिए । रोयल इन्फिल्डले टुरस ७० र साेराज अटोमोवाइलले ‘साेराज’ नामको डिजल इन्जिनयुक्त मोटरसाइकल बजारमा ल्याएका थिए । यी दुबै मोडल भारतमा लामो सयमसम्म बिक्री भएका डिजल इन्जिनयुक्त मोटरसाइकल हुन् ।
डिजेल इन्जिनमा आएका यी दुई मोटरसाइकलले ८६ किलोमिटरसम्म माइलेज दिन्थ्यो । भारतमा साेराजको तुलनामा टुरस निकै लोकप्रिय थियो । बुलेटले निर्माण गरेको कारण टुरस धेरैको रोजाइमा पर्ने गरेको बताइन्छ ।

१९८० को दशकमा बजारमा आएको टुरस सन् २०००सम्म बिक्री भएको थियो । त्यसपछि प्रदुषण मापदण्डको कारण यो मोटरसाइकलको उत्पादन तथा बिक्री बन्द भएको हो । यस मोटरसाइकलमा ३२५ सीसी क्षमताको सिंगल सिलिण्डर डिजेल इन्जिन दिइएको थियो । यसले प्रतिलिटर ७० किलोमिटर माइलेज दिने उल्लेख छ ।
यो मोडल विश्वमा नै सर्वाधिक बिक्री हुने डिजेल इन्जिनयुक्त मोटरसाइकल हो । यसमा रहेको इन्जिनले ६।५ बीएच पावर र १५ एनएम टर्क प्रदान गथ्र्यो ।
अर्को मोटरसाइकल साेराज बुलेट गियरबक्स र इन्जिनमा नै तयार भएको साेराज अटोमोवाइलको उत्पादन थियो । यसले भारतमा ८६ किलोमिटर माइलेजको दाबी गर्दै उपभोक्तालाई लोभ्याने गरेको मिडिया रिपोर्टहरुमा उल्लेख भएको पाइन्छ । यसको पनि पावर समान थियो भने दुबै मोटरसाइकलमा समान ४ स्पीडको गियरबक्स दिइएको थियो ।
उस समय साेराज मोटरसाइकलको उच्चगति ३० देखि ५० किलोमिटर प्रतिघण्टा रहेको थियो भने, टुरसको उच्चगति ७० किलोमिटर प्रतिघण्टा थियो ।


