लकडाउनमा थन्काइएका मोटरसाइकल चलाउनु अघि यी ४ कुरा चेक गर्नुस्

काठमाडौं । विश्व नै आक्रान्त बनाएको कोभिड १९ (कोरोना) भाइरसका कारण नेपाल लगभग ४६ दिनदेखि लकडाउनमा रहेको छ । हिजो आइतबारदेखि लकडाउनको मोडालिटीमा केही परिर्वतन भएको छ । र, सडकमा बाक्लोरुपमा सवारीसाधन गुड्न थालेका छन् ।

सरकारले बैंक तथा वित्तिय संस्था, वर्कशप तथा पार्टस पसल, कर्पोरेट क्षेत्र तथा अत्यावश्क क्षेत्रलाई टाइम कार्ड लागु गरेर आवत जावत गर्न अनुमति दिएको छ । यस्तोमा धेरैको सावारीसाधन लामो समयसम्म घरमा थन्क्याइएको छ । यसरी पार्किङ गरेर राखेको मोटरसाइकल लिएर हिड्नुभन्दा अगाडि मोटरसाइकल राम्रोसँग चेक गर्नु पर्छ ।

लामो समयसम्म संचालनमा नआएका मोटरसाइकल सडकमा लिएर हिड्नुअघि निम्न कुरा राम्रोसँग चेक गरेर मात्र निस्कनु राम्रो हुन्छ ।

१. इन्जिन आयल

यसरी लामो समयसम्म संचालनमा नआएको मोटरसाइकल लिएर निस्कनु अगाडि इन्जिन आयल चेक गर्नु पर्छ । इन्जिन आयल आफैले सहजै चेक गर्न पनि सकिन्छ । इन्जिन आयलको अबस्था हेरेर चेन्ज गर्नु पर्ने भए सके आफैँले वा नसके वर्कशप लगेर चेन्ज गर्नु पर्छ ।

२. ब्रेक

मोटरसाइकलको मुख्य सुरक्षा फिचर भनेको ब्रेकिङ सिस्टम नै हो । लामो समयसम्म संचालनमा नआएको मोटरसाइकलको ब्रेक जाम भए नभएको एकिन गर्नु पर्छ । आजकल उपलब्ध मोटरसाइकलमा हुने डिस्क ब्रेक अझै जाम हुने सम्भावना रह्न्छ । यसरी लामो समयसम्म बन्द भएको मोटरसाइकल लिएर निस्कनु भन्दा अगाडि चेक गर्नु उपयुक्त हुन्छ ।

३. इन्धन

मोटरसाइकल लिएर निस्कनु भन्दा पहिला इन्धनको अबस्था बुझ्न जरुरी हुन्छ । हालको अबस्थामा केही पेट्रोल पम्पहरु संचालनमा आइसकेका छैनन् । यस्तो अबस्थामा आफ्नो मोटरसाइकलमा इन्धनको अबस्था बुझेरमात्र लिएर निस्कनु राम्रो हुन्छ ।

४. थ्रोटल वायर/इन्धन सप्लाई

लामो समयसम्म नचलाइएको मोटरसाइकलमा थ्रोटल वायरले राम्रो रेस्पोन्स गर्नन् सक्छ । यस्तो हुँदा इन्जिनमा इन्धनको सप्लाइ राम्रो नहुने हुन्छ । यसले गर्दा मोटरसाइकलले पावर तथा पिकअप नलिने हुन्छ । यसकारण मोटरसाइकल लिएर निस्कुन अगाडि थ्रोटल वायरले राम्रो काम गरे नगरेको हेरेरमात्र निस्कनु पर्छ ।


Back_to_top