काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्न सुजुकीले भिटारा नेपाली बजारमा सार्वजनिक गर्ने भएको थियो । कम्पनीले २०२० को पहिलो क्वाटरसम्म नेपालमा सार्वजनिक गर्ने बताएको भएपनि कोरोना भाइरसको कारण पर धकेलिएको छ ।
अब कोरोना भाइरसको समस्या समाधान भएको केही समयपछि यसलाई नेपाल ल्याउन सिजी मोटोकर्पले थालनी गर्ने बुझिएको छ । सुजुकीले यही वर्षको अक्टोबरमा नयाँ जेनेरेशन भिटारालाई अन्तर्राष्ट्रिय बजारमा उतार्ने मिडिया रिपोर्टबाट सार्वजनिक भएको छ ।
पुरानो जेनेरेशन सुजुकी भिटाराको लम्बाई ४१७५ एमएम, चौडाई १७७५ एमएम र उचाई १६१० एमएम रहेको छ । भने नयाँ जेनेरेशन यो भन्दा केही ठूलो हुने अनुमान गरिएको छ । नयाँ एसयूभीको लम्बाई ४२०० एमएम, लम्बाई १७८० एमएम र उचाई १६२० एमएम रहने छ । यसमा ह्वीलवेस २५०० एमएमको दिइने जनाइएको छ ।
कम्पनीले पहिलेको तुलनामा नयाँ जेनेरेशन भिटारा निकै स्पोर्टी लुकमा ल्याउने तयारी गरिरहेको छ । यसमा पहिलेभन्दा ठूलो रेडिएटर ग्रिल र हेडल्याम्प दिइएको छ ।
कम्पनीले नयाँ भिटाराको इन्टेरियरमा पनि परिमार्जन गर्ने रिपोर्ट बाहिर आएको छ । यसमा ४८ भोल्ट माइल्ड हाइब्रिड सिस्टमको के१४डी बुष्टरजेट इन्जिन दिइएको छ । यसमा रहेको १.४ लिटर टर्बोचार्ज्ड फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ५५०० आरपीएममा अधिकतम १२९ पीएस पावर र २००० देखि ३००० आरपीएममा २३५ एनएम टर्क प्रदान गर्छ ।
भिटारा नेपाली बजारमा प्रबेश गर्ने हो भने यसले कस्तो बजार पाउँछ अहिल्यै भन्न सक्ने अवस्था नरहेपनि यसले टाटा एच ५, एमजी जेडएस, जीप कम्पास, क्रेटा, क्याप्चर र सेल्टोस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ ।


