भारतीय मोटरसाइकल निर्माता कम्पनी हिरोले तिन दिनमा १० हजारभन्दा धेरै मोटरसाइकल बिक्री गरेको छ । कोरोनाका कारण लामो समयपश्चात लकडाउन खुकुलो भएको कारण कम्पनीले मोटरसाइकल बिक्री सुरु गरेको हो ।
भारतमा अझैपनि पुर्णरुपमा लकडाउन कायमै रहेको भएपनि उद्योगधन्दा भने आंशिक सुचारु भएको छ । सरकारले उत्पादन मुलक, औद्योगिक तथा कर्मसियल क्षेत्र संचालन गर्न अनुमति दिए पश्चात हिरोले आफ्ना ३० प्रतिशत शोरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनीको यो बिक्री आंकडा ठूलो भने होइन । यो बिषम परिस्थितीमा भने यो आंकडाले लकडाउन पश्चातको दुईपाङ्ग्रेको बिक्री बढ्ने देखिन्छ । मोटरसाइकल सामाजिक दुरी कायम गर्ने उत्तम बिकल्पको रुपमा ग्राहकले लिन सुरु गरेको छ ।


