यामाहाले रेट्रो डिजाइनमा ल्याउने नयाँ मोटरसाइकल अगष्टबाट बिक्री सुरु हुने

काठमाडौं । लकडाउन खुकुलो पार्दै भारतमा कार तथा मोटरसाइकलको उत्पादन र शोरुम खुल्न थालेसँगै कम्पनीहरु नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । यस्तोमा आक्रमक बजार विस्तारमा लागेको यामाहाले नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी सुरु गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

यामाहाले आउदो चाडपर्वलाई ध्यानमा राख्दै अगस्टमा नयाँ मोटरसाइकल एक्सएसआर १५५ भारतीय बजारमा सार्वजनिक गर्न लागेको बताइएको छ ।

यामाहाले यसमा आफ्नो चर्चित मोटरसाइकल आर१५ भी ३ को १५५ सीसी क्षमताको इन्जिन दिने छ । सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको मोटरसाइकलले अधिकतम १९ पीएस पावर र १४.७ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिनको पावर २०० सीसी सेग्मेन्ट बराबर रहेको छ । यसले पनि एक्सएसआर १५५ लाई उत्कृष्ट बनाउन सक्ने छ ।

यामाहा एक्सएसआर १५५ मूल्यका हिसावले आर १५ भी थ्री भन्दा केही कम हुन सक्ने देखिएको छ । यद्यपी उक्त नयाँ बाइकमा धेरैजसो पाटर्सहरु आर १५ भी थ्रीबाट नै लिइएको छ ।

यामाहाको यो नयाँ बाइक रेट्रो स्टाइल बाइक हो । उक्त स्टाइलसँग बजारमा प्रतिस्पर्धा गर्ने अन्य बाइक धेरै छैनन् । कम्पनीको नयाँ मोडलले रोयल इन्फिल्डका बाइकसँग प्रतिस्पर्धा गर्ने छ ।

यामाहाको यो रेट्रो स्टाइल बाइक निकै फिचर प्याक रहेने छ । कम्पनीले यसमा फुल एलइडी हेडलाईट, फुल डिजिटल कन्सोल र फुल एलइडी टेलल्याम्प दिएको छ ।

साथै, यो बाइक सहर र हाइवे दुबै क्षेत्रमा संचालन गर्न निकै उत्कृट रहेकाले नेपाली ग्राहकले यसलाई निकै रुचाउने विश्वास गर्न सकिन्छ ।
यामाहाले भारतीय बजारमा बिक्री सुरु गरेको केही महिनापछि नेपाली बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top