काठमाडौं । भारतीय मोटरसाइकल कम्पनी हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङक (एनजीएम) रहेको छ । हिरो मोटरसाइकल भारतीय बजारमा सबैभन्दा धेरै यूनिट उत्पादन र बिक्र गर्ने कम्पनी हो । नेपाली बजारमा भने हिरोका मोटरसाइकल अपेक्षित रुपमा बिक्री भइरहेका छैनन् । कम्पनीले केही समय आगाडि मात्र नेपाली बजारमा हिरो एक्सपल्स २०० र एक्सपल्स २०० टी सार्वजनिक गरेको थियो । हिरो एक्सपल्स २०० लोकप्रिय भइरहेको छ ।
नेपालमा हिरोका विभिन्न १८ मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री भइरहेको छ । नेपालमा हिरोका कम्युटर सेग्मेन्टका मोटरसइकलको बिक्री राम्रो रहेको छ । यो सेग्मेन्टमा हिरोका मोटरसाइकलले ५० देखि ६० किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । हिरोले दुई लाखभन्दा कम मूल्यका ८ मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको छ ।
हिरोले नेपाली बजारमा बिक्री गरिरहेको दुई लाखभन्दा कम मूल्यका ५ मोटरसाइकल यस प्रकार रहेका छन् ।
१. हिरो स्प्लेन्डर आई स्मार्ट ११०

हिरो स्प्लेन्डर आई स्मार्ट ११० मा १०९.२ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ९.३ बीएच पावर तथा ५५०० आरपीएममा ९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । यसको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ ।
२. स्प्लेन्डर प्लस

हिरो स्प्लेन्डर प्लसमा ९७.२ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ८.२४ बीएच पावर तथा ५००० आरपीएममा ८.०५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । यसको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ ।
३. एचएफ डिलक्स

हिरो एचएफ डिलक्समा ९७.२ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ७.९४ बीएच पावर तथा ६००० आरपीएममा ८.०५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । यसको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको छ ।
४. हिरो ग्ल्यामर एचई

हिरो ग्ल्यामर एचईमा १२४.७ सीसी सिगंल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९ बीएच पावर तथा ४००० आरपीएममा १०.३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । यसको सुरुवाति मूल्य १ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
५. सुपर स्प्लेन्डर

हिरो सुपर स्प्लेन्डरमा १२४.७ सीसी सिगंल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा १०.७३ बीएच पावर तथा ६००० आरपीएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स रहेको छ । यसको सुरुवाती मूल्य १ लाख ९४ हजार रुपैयाँ रहेको छ ।


