विद्युतीय कारमा बढेको कर फिर्ता गर भन्दै र्‍याली आयोजना

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट इलेक्ट्रीक सवारीसाधनमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा व्यापक परिमार्जन गरेपछि यसको विरोधमा विभिन्न सरोकारवाल निकायले विरोध जनाइ रहेका छन् । यसरी विरोध जनाउने क्रममा आज विहान एक र्‍यालीको आयोजना गरिएको थियो ।

नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनले आज काठमाडौंको रत्नपार्कबाट रोतोपुल–पुरानो बानेश्वर–बनोश्वर हुँदै रत्नपार्कसम्म र्‍याली गरि सरकारको निर्णयको विरोध गर्ने जनाएका थिए । तर, केही सवारीसाधन जम्ममा भएपछि प्रहरी प्रशासनले र्‍याली नगर्न आग्रह गरेको थियो ।

‘प्रशासनले आग्रह गरेपछि हामीले र्‍याली निकालेनौ । करिब २०/२२ वटा विद्युतीय गाडी र्‍यालीको लागि आएका थिए । संकेतिक विरोध जनाएर फर्कियौ’, एशोसिएशनका अध्यक्ष नबराज पौडेलले भने ।

पौडेलका अनुसार धेरै सवारीसाधन धनीहरु आफैँ र्‍यालीमा भागलिन आएका थिए । अहिले गाडी भएकालाई पनि पछि सर्भिस र पार्टस पाइदैन कि भन्ने चिन्ताले तानेको छ । त्यसलाई हटाउन पनि बढेको कर सरकारले अभिलम्ब फिर्ता लिनु पर्छ ।


Back_to_top