काठमाडौं । कार, बस र ट्रकमा लाग्ने लिङलङ ब्रान्डका टायर डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले नेपाली बजारमा ल्याएको छ ।
हिजो सोमबार एक कार्यक्रमगरि डोल्टा डिस्ट्रिव्युटरले यसलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री-वितरण हुन्छन् । विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनी मध्ये लिङलङ पनि पर्छ ।
डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री-वितरण गर्ने जानकारी निर्देशक बिक्रम सिंघानियाले दिए ।



