इलेक्ट्रीक कारमा लाग्दै आएको कर पुनरावलोकन हुनेः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा बिजुली गाडीमा बढाइएको कर पुनरावलोकन हुने बताएका छन् । आज संसदमा आर्थिक विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं बिजुली गाडीको आयातमा बढाइएको करको पुनरावलोकन हुनसक्ने बताएका हुन् ।

‘कोभिड १९ को महामारीको कारण परेको आर्थिक चाप परेको र कर बढि उठाउन पर्ने भएकाले यो व्यवस्था गरिएको हो । यो भविष्यमा पुनरावलोकन गर्न सकिन्छ, छलफल गर्न सकिन्छ’, मन्त्री खतिवडाले भने ।

मन्त्री खडिवडाले संसदमा बोल्दै ‘फोसिल’ उर्जाको ठाउँमा नविकरणीय उर्जाको प्रयोग बढाउने सन्दर्भमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘हामीले कार्बनको प्रयोग घटाउने र नविकरणीय उर्जाको प्रयोग बढाउनुको विकल्प छैन’, मन्त्री खतिवडाले भने ।

साथै मन्त्री खतिवडाले नेपालमा मात्र बिजुली गाडीमा यस्तो कर नबढाएको भन्दै आफ्नो निर्णयको बचाउ पनि गरेका छन् । उच्च अन्तःशुल्क भएका मुलुकहरुको उदाहरण दिदैं उनले श्रीलङका, पाकिस्तान र भारतले पनि बिजुली गाडीमा अन्तःशुल्क कर लगाउने गरेको बताए ।


Back_to_top