काठमाडौं । विश्व प्रसिद्ध एसयूभी जीपका थप उत्पादन नेपाल आएका छन् । लकडाउनका बीच यी उत्पादन नेपाल आइपुगेका हुन् । अब यी गाडीको बिक्री लकडाउनपछि सुरु हुने छ ।
जीपको आधिकारीक बिक्रेता एमएडब्ल्यू लाइफले नेपाल मागाएका जीप र्याङलर र ग्राण्ड चेरोकी भन्सार याडमा देखिएका हुन् ।
अहिले नेपाली बजारमा बिक्री भइरहेको जीप कम्पासभन्दा माथिका यी एसयूभीहरुले बजारमा कस्तो पर्फमेन्स गर्छ भन्ने थाहापाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।

उसोत एमएडब्ल्यू लाईफले २०१८ को अटो शोमा जीप र्याङलर शोकेस गरेको थियो । त्यसको करिब २ वर्षपछि बिक्री वितरण हुनेगरि आएको र्याङलर र ग्राण्ड चेरोकीमा के कस्ता विशेषता समेटिएको छ भन्ने जानकारी पाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।

यी गाडी कति मूल्यमा नेपाली बजारमा बिक्री वितरण हुन्छ भन्ने कुरा आयातकर्ता कम्पनीले कुनै जानकारी दिएको छैन ।
र्याङलर अफरोड एसयूभीमा २.० लिटर टर्बो इन्जिन रहेको छ भने ग्राण्ड चेरोकीमा ३.० भी सिक्स इन्जिन रहेको छ ।


