भारत वेस मोटरसाइकल कम्पनी बजाज र बजाजकै पार्टनर कम्पनी केटीएमको सहकार्यमा इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले जिरो इमिशन पर्फमेन्स इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको हो ।
कम्पनीले यो मोटरसाइकल बजाजको चकन महाराष्ट्र प्लान्टमा निर्माण गर्ने भएको छ । गत बर्ष केटीएमले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने जनाएको थियो ।
रिर्पोटका अनुसार संयूक्त लगानीमा निर्माण गरिने इलेक्ट्री मोटरसाइकलमा ३ किलोवाटदेखि १० किलोवाट रेञ्जमा निर्माण हुनेछ । कम्पनीले यो मोटरसाइकल दुई बर्ष भित्रमा तयार पार्ने योजना रहेको कम्पनीले जनाएको छ ।
बजाज र केटीएमले इलेक्ट्रीक मोपोड समेत निर्माण गर्ने बताएका थिए । कम्पनीले निर्माण गर्ने भनेको इ-मोपेड सार्वजनिक हुने मिति अहिलेसम्म तोकेको छैन ।
हाल सार्वजनिक रिर्पोट अनुसार नयाँ निर्माण हुने भनिएको पफमेन्स इलेक्ट्रीक मोटरसाइकल दुबै ब्रान्डमा आउने छ ।


