हुन्डाई भेन्यूमा नयाँ गियरबक्स, म्यानुयलमा पनि क्लच नहुने

काठमाडौं । हुन्डाई मोटरको सव–फोर मिटर एसयूभी भेन्यूमा नयाँ गियरबक्स दिने भएको छ । कम्पनीले म्यानुयल गियरबक्समा पनि क्लच नचाहिने टेक्नोलोजी ‘आईएमटी’को प्रयोग गर्न लागेको हो ।

नयाँ गियरबक्सयुक्त भेन्यू जुलाई महिनाबाट बिक्री सुरु गर्ने जनाएको छ । एक वर्षअघि हुन्डाईले बजारमा ल्याएको भेन्यू भारतीय बजारमा १ लाख यूनिटभन्दा बढी बिक्री भइसकेको छ ।

नेपाली बजारमा पनि भेन्यूले निकै राम्रो व्यापार गर्न सफल भएको मोडल हो । कम्पनीले ‘आईएमटी’ टेक्नोलोजी अटो क्षेत्रमा नै नयाँ खोज भएको दाबी समेत गरेको छ ।

 

नयाँ गियरबक्सले पहिलेभन्दा राम्रो माइलेज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । अहिले कम्पनीले बिक्री गर्दै आएको १.० लिटर टर्बो इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिटीसी अटोमेटिक गियरबक्स रहेको छ ।

अहिले नेपालमा हुन्डाई भेन्यू किन्न चाहने ग्राहकलाई कम्पनीले १ लाख ५० हजार नगद छुटको व्यवस्था गरेको छ भने, सर्भिस अवधी, एक वर्षको बीमा र एक वर्षको
सडक दस्तुर कम्पनीले तिर्ने अफर गरेको छ ।

यस्तो छ सबै भेरियन्टको मूल्य


Back_to_top