काठमाडौं । इटालीका मोटो नेपालले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले बजार मूल्यमा २० हजार थप मूल्याङकन सहितको एक्सचेन्ज अफर ल्याएको हो ।
यस्तै कम्पनीले फर्मुला १५० स्कुटरमा र क्रसफायर जिआर७, २५० मा नगद १० हजार छुट स्कीम सार्वजनिक गरेको छ । कम्पनीले फर्मुला १५० को टेष्ट राइडमा समेत अफर ल्याएको छ ।
कम्पनीले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकलको बजार मूल्यमा २० हजार थप मूल्याङक गर्ने जनाएको छ । यो योजना कम्पनीको ललितपुरको खुमालटार शोरुममा उपलब्ध रहने जनाइएको छ ।
कम्पनीले यो योजना ४ दिनका लागि उपलब्ध गराएको हो । आजदेखि सुरु हुने यो योजना साउन ९ गतेसम्म लागू हुनेछ । कम्पनीले क्रसफायर एजजे २५०, जिआर७ २५० तथा फर्मुला १५० बिक्री गर्दै आएको छ ।
कम्पनीले केही समय अगाडि नेपालमा फर्मुला १५० सार्वजनिक गरेको हो । यो फर्मुला १५० को मूल्य २ लाख ९५ हजार रहेको छ । यसमा डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्प तथा टेल ल्याम्प र साइड ल्याम्प एलइडी रहेको छ ।
यसका साथै फोन स्टोरेज, चार्जिङ पोर्ट, हाजार्ड लाइट, वाइडर टायर, डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर जस्ता फिचर रहेको छ ।

