२ लाखभन्दा कम मूल्य र उत्कृष्ट माइलेज दिने होन्डाको मोटरसाइकल

काठमाडौं । होन्डा मोटरसाइकलको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले बिक्री गर्दै आएको १ लाख ८४ हजार ९०० रुपैयाँ मूल्यको ‘सिडी ११०’ कम्यूटर सेग्मेन्टको उत्कृष्ट मोटरसाइकल हो ।

होन्डाको इको टेक्नोलोजीमा आधारित यो मोटरसाइकलमा १०९ सीसी क्षमताको फोर स्टोक इन्जिन रहेको छ । यसलाई ग्राहकले विभिन्न ४ कलर भेरियन्टमा खरिद गर्न सक्ने छन् ।

निकै लामो सिट रहेको यो मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि आरामदायी यात्रा गर्न सक्ने छन् । सेल्फ र किक दुबै माध्यमबाट स्टार्ट गर्न सकिने यो मोटरसाइकल उत्कृष्ट माइलेजको लागि परिचित रहेको छ ।

यसमा रहेको इन्जिनले अधिकतम ७५०० आरपीएममा ८.२५ बीएच पावर र ५५०० आरपीएममा ८.६३ एनएम टर्क प्रदान गर्ने छ । यसमा ८ लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको छ ।

मोटरसाइकमा ४ स्पीड गियरबक्स रहेको छ भने उच्चगति क्षमता ८६ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

डायमण्ड फ्रेममा तयार भएको हो मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्शन दिइएको छ ।

१७९ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलको लम्बाई २००९ एमएम, चौडाई ७३७ एमएम, उचाई १०७४ एमएम र ह्वील वेस १२५८ एमएम रहेको छ ।

अफरमा किन्ने कि सामान्य अवस्थामा

अहिले होन्डाले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याजदर र १ रुपैयाँ मासिक किस्ता तिर्न सक्ने ग्राहकले अफर पाएका छन् । तपाईको आवश्यकता मोटरसाइकल हो तर, नगद पैसा छैन भने अफरमा किन्दा मोटरसाइकल पाउन सकिन्छ ।

तर, तपाईसँग ५० प्रतिशत डाउन पेमेन्ट गर्ने पैसा छ र बाँकी ५० प्रतिशत रकम एक वर्षमा तिर्न सक्नु हुन्छ भने १ प्रतिशत व्याजको अफर फाइदाजनक रहेको छ ।

यदि एक वर्षमा बाँकी रकम तिर्न कठिन छ भने तपाईले ४० प्रतिशत डाउन पेमेन्ट गरेर रेगुलर समयको अफर छनोट गर्दा फाइदा हुने छ । यसरी मोटरसाइकल किन्दा ग्राहकले ७३ हजार ९६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी १ लाख १० हजार ९४० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ ।

होन्डाले अहिले १३ प्रतिशत व्याजदर भनेपनि मासिक किस्ता नियमित तिर्दा वार्षिक ९ प्रतिशत व्याजदरमा कर्जा दिने छ । यसरी समयमा नै मासिक किस्ता बुझाउने ग्राहकले मासिक ५ हजार ६८ रुपैयाँ किस्ता तिरेर यो मोटरसाइकल किन्न सक्ने छन् ।


Back_to_top