काठमाडौं । कोरियन एसयूभी निर्माता कम्पनी स्याङयोङ मोटर्सले सन् २०१८ को जेनेभा मोटर शोमा देखाएको इलेक्ट्रीक एसयूभीलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । त्यति बेला नै कम्पनीले ल्याएको ई-एसआइभीको कन्सेप्ट निकै चर्चामा रहेको थियो ।
कन्सेप्ट देखाएको दुई वर्षपछि स्याङयोङले आफ्नो इलेक्ट्रीक कारको प्रडक्सन मोडलको टिजर सार्वजनिक गरेको छ । जसलाई स्याङयोङले ‘दि कोराण्डोे ई-१००’ नाम दिने अपेक्षा गरिएको छ ।
यो एसयूभीमा ६१.५ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । जसले एक पटकको फुल चार्जमा ४ सय २० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने अनुमान गरिएको छ । यसको बारेमा अन्य जानकारी कम्पनीले दिएको छैन ।
यसमा अगाडि मात्र मोटर रहने छ, जसले १८८ हर्स पावर जेनेरेट गर्छ भने १५५ किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्ने छ ।
यो इलेक्ट्रीक एसयूभी आगामी अप्रिल २०२१ बाट बजारमा आउने अपेक्षा गरिएको छ । यसको सिधा प्रतिस्पर्धा कियाको निरो, हुन्डाई कोना तथा प्यूजोको ई-२००८ सँग हुने अनुमान गरिएको छ ।

