जीपका प्रिमियम एसयूभी र्‍याङलर र ग्राण्ड चेरोकीको मूल्य सार्वजनिक

काठमाडौं । जीपका दुई प्रिमियम एसयूभीको मूल्य सार्वजनिक भएको छ । जीपको आधिकारीक वितरक लाइफ अटोमोवाइलले यी दुई प्रिमियम एसयूभीको मूल्य सार्वजनिक गरेको हो ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले साउन ८ गते सार्वजनिक गरेको आफ्ना सदस्यहरुको अधिकतम खुद्रा मूल्य (एमआरपी) जीप र्‍याङलर अनलिमिटेड र ग्राण्ड चेरोकीको मूल्य सार्वजनिक भएको हो ।

कम्पनीले प्रकाशन गरेको मूल्य अनुसार र्‍याङलर अनलिमिटेड मोडलको मूल्य २ करोड ३९ लाख ९० हजार रुपैयाँ रहेको छ भने ग्राण्ड चेरोकीको मूल्य २ कराेड ५९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यी दुबै प्रिमियम एसयूभी अमेरिकामा उत्पादन भएको हो । यी गाडी गत जेठमा लाइफ अटोमोवाइलले नेपाल भित्र्याएको हो ।

अहिले नेपाली बजारमा बिक्री भइरहेको जीप कम्पासभन्दा निकै प्रिमियम यी एसयूभीहरुले बजारमा कस्तो पर्फमेन्स गर्छ भन्ने थाहापाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।

र्‍याङलर अफरोड एसयूभीमा २.० लिटर टर्बो इन्जिन रहेको छ भने ग्राण्ड चेरोकीमा ३.० भी सिक्स इन्जिन रहेको छ ।

एसयूभी प्रेमीहरुको मुख्य रोजाईमा पर्ने जीपका यी दुबै गाडी नेपाली बजारमा बिक्रीको लागि आधिकारीक रुपमा पहिलो पटक आयात भएका हुन् ।

यसका साथै, कम्पनीले जीप कम्पासको विभिन्न ७ भेरियन्टको मूल्यसूची समेत प्रकाशन गरेको छ । जीप कम्पासको सुरुवाति मूल्य ७५ लाख ९० हजारदेखि १ करोड १८ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।


Back_to_top