यस्तो छ साउन ८ गते प्रकाशित हुन्डाईका ३१ भेरियन्टको नयाँ मूल्यसूची

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले साउन ८ गते प्रकाशनको गरेको मूल्यसूचीमा हुन्डाईका ३१ भेरियन्टका कारको मूल्य प्रकाशित भएको छ ।

कम्पनीले प्रकाशन गरेको नयाँ मूल्यसूचीमा २०२० मोडलका कारहरुको मूल्य प्रकाशित भएको छ । कम्पनीले भारतमा उत्पादन र कोरियामा उत्पादन भएका कार तथा एसयूभीहरुको बिक्री वितरण गर्दै आएको छ ।

हुन्डाईले प्रकाशन गरेको नयाँ मूल्यसूचीमा सबैभन्दा सस्तो मूल्यमा पाइने कार सेन्ट्रो हो भने सबैभन्दा महंगो एसयूभी सान्ताफे हो । हुन्डाई सेन्ट्रोको सुरुवाति मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडल सान्ताफेको मूल्य १ करोड ४५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले हुन्डाई क्रेटाको ८ भेरियन्ट, टुसानको ३ भेरियन्ट, सान्ताफेको एक भेरियन्ट, भेन्यूको १० भेरियन्ट, भर्नाको दुई भेरियन्ट, इलाईट आई २० एक भेरियन्ट, ग्राण्ड आई १० को दुई भेरियन्ट र सेन्ट्रोको विभिन्न ५ भेरियन्ट रहेका छन् ।

यस्तो छ सबै भेरियन्टको मूल्यसूची


Back_to_top