रोयल इन्फिल्डको नयाँँ माेडल लन्च हुँदै, स्पाई तस्बीर सार्वजनिक

छिटै लन्च हुन लागेको रोयल इन्फिल्डको मेटेर टेस्टिङको क्रममा देखिएको छ । स्पाइ तस्बीरमा देखिए अनुसार यो बाइक बिभिन्न एशोसरिज सहित लन्च हुने अनुमान गरिएको छ ।

टेस्टिङमा देखिएको बाइकमा ठूलो आकारको विण्डस्कृन, रियर लगेज राख्ने फ्रेम, इन्जिन गार्ड तथा पछाडि बस्ने पेसेन्जरको कम्फर्टका लागि फुटपेज पनि राखिएको छ ।

रोयल इन्फिल्डको मेटेर भन्ने नाम कम्पनीको सन् १९५० को दशकको बाइक लाइनअपबाट लिएको हो । कम्पनीले यसअघि पनि आफ्नो पुरानो लाइनअपबाट बाइकको नामाकरण गरेको थियो ।

रोयल इन्फिल्डको मेटेर ३५० मा ३४९ सीसीको सिंगल सिलिण्डर इन्जिन रहनेछ । यो इन्जिन क्लासीक ३५० बाट लिइएको अनुमान गरिएको छ । यो इन्जिन फ्यूल इन्जेक्सनको साथै बीएस ६ स्टाण्डर्डमा रहनेछ । यो इन्जिनले १९.८ बीएच पावर र २८ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहनेछ । यसको अगाडि टेलिस्कोपीक फर्क तथा पछाडि डुुुअल सक याव्र्जभर रहने छ । सुरक्षाका लागि यो बाइकमा दुबै चक्कामा डिस ब्रेकका साथै डबल च्यानल एबीएस ब्रेकिङ सिस्टम रहनेछ ।

रोयल इन्फिल्डको क्रुज बाइकका रुपमा देखिएको यो बाइक कम्पनीको जेवान डि प्ल्याटफर्ममा बनेको हो । विभिन्न मिडियाको समाचारहरुका अनुसार कम्पनीले यो बाइक अप्रिलको अन्त्यसम्म बजारमा उतारिसक्ने जनाइएको भएता पनि कोरोनाका कारण यसको लन्चिड पछाडि धकेलिएको थियोे । अब अर्को महिना भारतीय बजार सार्वजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top