क्रुजर बाइक खोज्नेलाई यी ३ बिकल्प, यस्तो छ नयाँ मूल्य

काठमाडौं । क्रुजर मोटरसाइकल हरेक उमेर समूहको मानिसले मन पराउने गरेका छन् । यस्तोमा नेपालमा पनि क्रुजर स्टाइलका मोटरसाइकलको छुट्टै क्रेज रहेको छ ।

अहिले नेपाली बजारमा बजाज, सुजुकी, रोयल इन्फिल्ड लगायतका कम्पनीहरुले क्रुजर मोटरसाइकल बिक्री वितरण गर्दै आएका छन् ।

तुलनात्मकरुपमा क्रुजर मोटरसाइकलको मूल्य बढी हुने गरेको छ । यस्तोमा हामीले नेपालमा बिक्री वितरण हुँदै आएका चल्तीमा ३ क्रुजर मोटरसाइकलको मूल्य यहाँ प्रस्तुत गरेका छौं ।

बजाज एभेन्जर क्रुजर

बजाज एभेन्जर क्रुजर २२० बाइकमा क्रोमको धेरै प्रयोग गरिएको छ । साथै, बाइकमा स्पोक ह्वील क्रोमयुक्त मिररको प्रयोग गरिएको छ । यसको बजार मूल्य ३ लाख ४१ हजार ९०० रुपैयाँ रहेको छ ।

यसमा २२० सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले १८.४ बीएच पावर प्रदान गर्ने छ । निकै आरमदायी राइडिङ पोजिशन रहेको यो मोटरसाइकल किन्ने ग्राहकले अहिले १२ हजारसम्म छुटको साथै विभिन्न किसिमको फाइनान्सीय अफर पाउन सक्ने छन् ।

रोयल इन्फिल्ड क्लासिक ३५०

रोयल इन्फिल्ड क्लासिक ३५० अर्को उत्कृष्ट क्रुजर बाइक हो । नेपालमा सर्वाधिक बिक्री हुने यो क्रुजर मोटरसाइकलको मूल्य ५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यसमा रहेको ३४६ सीसी क्षमताको इन्जिनले अधिकतम १९.८ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्ने छ । यो मोटरसाइकलको तौल १८७ केजी रहेको छ ।

सुजुकी इन्टुडर

सुजुकीको क्रुजर मोटरसाइकल १५५ सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ । इन्टुडर किन्न चाहने ग्राहकले अहिले ५० हजार नगद छुटको अफर पाउने छन् । यसको मूल्य भने ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । मोटरसाइकलमा फ्यूल इन्जेक्सन इन्जिन उपलब्ध रहेको छ ।

अधितम पावर १३.६ पीएस रहेको यो मोटरसाइकलमा प्रोजेक्टर हेडल्याम्प र एलइडी टेल ल्याम्पको प्रयोग गरिएको छ ।


Back_to_top