आजै बेनेलीको १५० सीसीको मोटरसाइकल किन्नेलाई २० हजार छुट

काठमाडौं । बेनेली मोटरसाइकलको डिलर यूनिटी ट्रेडिङले आफ्ना १५० सीसी क्षमताको मोटरसाइकल टिएनटी १५ र टिएनटी १५० आई मा २० हजारसम्मको नगद छुट दिने घोषणा गरेको छ ।

कम्पनीले ल्याएको अफरमा आज बुबाको मुख हेर्ने दिन बेनेलीको यी दुई मोटरसाइकलमा भारी छुट ग्राहकले पाउने उल्लेख छ ।

अहिले कम्पनीले २ लाख ३० हजार मूल्य निर्धारण गरेर बिक्री गरिरहेको टिएनटी १५ आज किन्ने ग्राहकले १५ हजार नगद छुट प्राप्त गर्ने छन् भने ३ लाख १५ मूल्य रहेको टिएनटी १५० आई किन्न चाहने ग्राहकले २० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

यदि ग्राहकले नगद छुट लिन नचाहने हो भने उनिहरुलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिन सकिने कम्पनीले अफर गरेको छ । साथै, पुरानो मोटरसाइकलसँग सट्टापट्टा गर्न चाहेका ग्राहकले थप भ्यालुयसन दिने जनाएको छ ।

बेनेली टीएनटी १५ मा १४८ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले १२.०६ बीएचपी पावर र ११ एनएम टर्क प्रदान गर्छ । बेनेली टीएनटी १५०आईमा भने १४९.५ सीसीको लिक्विड कुल्ड इन्जिन छ । यसले १२.७३ बीएच पावर र ९.५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top