१६० सीसीका पाँच मोडल उपलब्ध, दुईको बीच टक्कर, प्रतिस्पर्धामा थपिदै हिरो

काठमाडौं । बढी पावर र आकर्षक लुक्सको कारण १५० सीसी सेग्मेन्टका मोटरसाइकल अहिलेपनि धेरै बिक्री हुने गर्छन् । तर, मोटरसाइकल उत्पादक कम्पनीहरुले मस्कुलर बढीमा ल्याउन थालेका १६० सीसी क्षमताका मोटरसाइकलले क्रमिकरुपमा बजारमा आफ्नो हिस्सा बढाउन थालेका छन् ।

नेपाली बजारमा होन्डा, टीभीएस, बजाज जस्ता उत्पादकले १६० सीसी क्षमताका मोटरसाइकल बिक्री वितरण गर्दै आएका छन् ।

नेपालमा बजाज पल्सर एनएस १६०, आरटीआर १६० फोर भी, हर्नेट १६०, एक्सबेल्ड १६०, युनिर्कन १६० जस्ता मोटरसाइकल बिक्री हुँदै आएको छ । यही सेग्मेन्टमा हिरोले एक्स्ट्रीम १६० आर पनि नेपाल ल्याउने तयारी गरिरहेको छ ।

५ मोडल उपलब्ध, दुईका बीच टक्कर, प्रतिस्पर्धामा थपिदै हिरो

पावरका हिसावले केही पछि परेका होन्डा यूनिकर्न, एक्सव्लेड र सिबी हर्नेट १६० आरलाई छाड्ने हो भने, टीभीएस आरटीआर १६० फोर भी र बजाज पल्सर एनएस १६० बीच कडा प्रतिस्पर्धा रहेको छ । अब हिरोले ल्याउन लागेको एक्स्ट्रीम १६० आरले यी मोटरसाइकललाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

बजाज पल्सर एनएस १६० मा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । यसले अधिकतम ८५०० आरपीएममा १५.५ पीएस पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । कम्पनीले यसमा सिंगल च्यानल एबीएस दिइएको छ ।

एनएस १६० मा १७ इन्चको अलोय ह्वील उपलब्ध रहेको छ । यसको स्टायडर्ड मोडल ट्वीन डिस्क र एबीएस सहितको मूल्य समान २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तै अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

अपाचे आरटीआर १६० फोर भीको ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ । नेपालमा यसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँमा बिक्री गरिरहेको छ ।

हिरोले मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एनजिएम हिरोले नेपालमा एक्स्ट्रीम १६० आर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले फेस्टीभ सिजनमा यो मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ । यो मोटरसाइकलमा सिंगल च्यानल एबीएसमा उपलब्ध रहने छ ।

पावर तथा लुक्सका आधारमा एनएस १६० र आरटीआर १६० फोर भीलाई हिरो एक्स्ट्रीम १६० आरले कडा टक्कर दिने अनुमान गरिएको छ । फिचर पावर तथा लुक्स एकै प्रकारको रहेको एनएस १६० र आरटीआर १६० फोर भीको मूल्य समान रहेको छ भने एक्स्ट्रीम १६० आरको मूल्य निर्धारण भइसकेको छैन ।

एक्ट्रीम १६० आरको मूल्यले कस्तो प्रतिस्पर्धा हुन्छ भन्ने निक्र्यौल गर्ने अनुमान लगाउन सकिन्छ ।


Back_to_top