‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का विजेतालाई कार हस्तान्तरण

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक ‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का बम्पर विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरेको छ ।

कम्पनीले उक्त योजनाका विजेता नागेश्वर प्रसाद शाहलाई भेन्यू तथा शालिकराम अधिकारीलाई सेन्ट्रो मग्ना हस्तान्तरण गरेको हो ।

लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत गरेको थियो । बम्पर लक्की ड्र को विजेताका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी थिइन् ।

दुबई घुम्नजान पाउने १० भाग्यशाली विजेता भरत सिंह पौडेल, चन्द्रमणी पौडेल, श्रीजेश घिमिरे, महेश्वर लाल सिंह, कृष्ण प्रकाश पौडेल शर्मा, राजु शाह, दलबहादुर बिक, बिजय अग्रवाल, गणेश हार्डवेर, एनआइसि एशिया बैंक, निर्भीक सापकोटा, र खातु इन्टर्नेशनल प्रालि रहेका छन् ।

सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुन्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण ग्राहक प्रति आभार व्यक्त गरे ।

हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहितका अफर उपलब्ध छन् ।


Back_to_top