दशैंमा फोर्डका कार किन्नेलाई ३ अफर, ४ लाख ५० हजारसम्म नगद छुट

काठमाडौं । जिओ अटोमोबाईल्स प्रालिले नेपालमा सबैभन्दा हर्ष उल्लासका साथ मनाइने चाडपर्व दशैँ-तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । हरेक वर्ष जस्तै यो वर्षपनि कम्पनीले चाडपर्व लक्षित अफर ल्याएको हो ।

यो वर्ष फोर्ड फेस्टिभ अफर अन्तर्गत, ग्राहकले तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्ने छन् । अफरमा नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष नि:शुल्क बीमा जस्ता नियमित लाभहरु पनि प्राप्त गर्ने छन् ।

योजना १: स्क्र्याज कार्ड- ग्राहकले बक्सबाट ३ वटा स्क््रयाज कार्ड छनौट गरी ४ लाख ५० हजारसम्म नगद जित्ने मौका पाउने छन् । प्रत्येक स्क्र्याज कार्डमा ग्यारेण्टी मूल्य २५ हजार र बढीमा १ लाख ५० हजारसम्म नगद जित्न सकिन्छ । यो अफर अन्र्तगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज पनि प्राप्त गर्ने छन् ।

योजना २: ६ महिनाको किस्ता तिर्नु नपर्ने- यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ«े बैँक मार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकमपनि तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्न सक्छन् ।

योजना: स्थगित भुक्तानी यस-योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाई मासिक किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि, बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्याहोर्न पर्ने छैन ।

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।


Back_to_top