काठमाडौं । नेपाली बजारमा २ लाख ७० हजारमा पाइने ३ उत्कृष्ट मोटरसाइकलमा बजाज, होन्डा र टीभीएसका मोटरसाएकल रहेका छन् ।
बजाज पल्सर १५० टीडी, अपाचे आरटीआर १६० सिंगल डिस्क र होन्डा यूनिकर्न १६० यो सेग्मेन्टका तीन मुख्य प्रतिस्पर्धी हुन् ।
यी तीन मोटरसाइकल मध्ये बजाज पल्सरका १५० सीसी क्षमताको इन्जिन दिइएको छ भने टीभीएस अपाचे आरटीआरमा १५९ सीसी क्षमताको र होन्डा यूनिकर्नमा १६२ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ ।
यी ३ वटै मोटरसाइकल एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । दशैंमा यी मध्ये कुनै एक मोटरसाइकल किन्ने सोच्नु भएको छ भने थाहा पाउनुस् यी मोटरसाइकलका मुख्य फिचर ।
इन्जिन
पल्सर १५० टीडीमा उपलब्ध इन्जिनले १४ पीएस पावर र १३.४ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसमा ट्वीनस्पार्क डिटीएसआई इन्जिन दिएको छ ।
टीभीएस आरटीआर १६० फोर भी सिंगल डिस्कमा सिंगल सिलिण्डर आयल कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १६.५ पीएस पावर र १४.८ एनएम टर्क प्रदान गर्छ ।
होन्डा यूनिकर्नमा १६२.७१ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १४ पीएस पावर र १३.९२ एनएम टर्क प्रदान गर्छ ।
साइज
होन्डा यूनिकर्नको लम्बाई २०४५ एमएम, चौडाई ७५७ एमएम र उचाई १०६२ एमएम रहेको छ । कम्पनीले यसमा १५० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।
टीभीएस आरटीआर १६० फोर भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम र उचाई १०५० एमएम रहेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
पल्सर १५० टीडी मोटरसाइकलको लम्बाई २०५५ एमएम, चौडाई ७६५ एमएम र उचाई १११५ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्य १६५ एमएम रहेको छ ।
सस्पेन्सन
बजाज पल्सरमा अगाडि एन्टी फिक्सन बुस सहितको टेलिस्कोपिक फर्क र पछाडि ५ वे एड्जस्टेवल निट्रोक्स शक एब्जर्बर दिइएको छ ।
टीभीएस आरटीआर १६० फोर भीमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।
होन्डा यूनिकर्न १६० मा अगाडि टेलिस्कोपिक र पछाडि स्प्रीङ लोडेड हाइड्रोलिक टाइप मोनोशक दिएको छ ।
ब्रेकिङ
टीभीएस १६० फोर भीमा अगाडि २७० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक उपलब्ध रहेको छ ।
होन्डा यूनिकर्नमा अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिएको छ ।
पल्सरमा अगाडि २६० एमएमको डिस्क र पछाडि २३० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ ।
मूल्य
मूल्यका हिसावले सबैभन्दा महंगो मोटरसाइकल होन्डा यूनिकर्न १६० हो । यसको मूल्य स्याकार ट्रेडिङले २ लाख ७४ हजार ९०० निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
यी तीन मध्ये दोस्रो महंगो मोटरसाइकल टीभीएस १६० फोर भी हो । यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेर जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ ।
बजाज पल्सर १५० टीडीको मूल्य हंशराज हुलास चन्द एण्ड कम्पनीले २ लाख ७० हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
दशैं अफर
दशैंमा यी मध्य कुनै मोटरसाइकल किन्न चाहने ग्राहकलाई कम्पनीले अफर दिएका छन् । अहिलेसम्म होन्डाले कुनै अफर सार्वजनिक नगरेपनि बजाजले पल्सरमा १० हजार र टीभीएसले आरटीआर १६० फोर भीमा ९ हजार रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।
अबको केही दिनमा नै होन्डाले पनि दशैं स्कीम सार्वजनिक गर्ने तयारी गरिरहेको बताएको छ ।

