काठमाडौं । बेनेलीले फेस्टीभ स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा बेनेलीको सबैभन्दा सस्तो मोटरसाइकल टिएनटी १५ सिरिजमा कम्पनीले भारि छुट दिने भएको छ ।
कम्पनीले यो स्कीममा नगद छुट तथा शून्य प्रतिशत व्याजदर तथा हेल्मेट निःशुल्क प्रदान गर्ने अफर ल्याएको हो ।
कम्पनीको सबैभन्दा सस्तो मोटरसाइकल टीएनटी १५ मा ८ हजार र १५ आईमा नगद १५ हजार छुट दिने भएको हो । यस्तै कम्पनीले किस्तामा मोटरसाइकल किन्न चाहानेलाई बिना व्याज मोटरसाइकल प्रदान गर्नेसमेत जनाएको छ । यो स्कीममा ग्राहकले २ बर्षमा किस्ता तिर्नु पर्ने हुन्छ ।
बेनेली टीएनटी १५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएच पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
टीएनटी-१५० रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध छ । यस बाइकको तौल १४० केजी रहेको छ ।
बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
साथै, कम्पनीले टीएनटी–१५० आईपनि बिक्री हुदै आएको छ । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएच पावर उत्पादन गर्छ । यसको नेपाली बजारमा मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले ल्याएको स्कीममा यी मोटरसाइकल किन्दा टीएनटी १५ को मूल्य २ लाख २९ हजार ५०० रूपैयाँ र टीएनटी १५ आईको मूल्य ३ लाख रुपैयाँमा किन्ने अबसर रहेको छ । यो स्कीममा हेलमेट समेत निःशुल्क प्राप्त गर्न सकिने छ ।


