काठमाडौं । यामाहाले हालै सार्वजनिक गरेको नयाँ स्कीम अन्तर्गत १० प्रतिशत डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल तथा स्कुटर किन्न सकिने भएको छ । यामाहाले आक्रमाक बजार बिस्तार गर्न नयाँ स्कीम र नयाँ मोडलहरुपनि बजारमा ल्याएको छ ।
दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिक आएसँगै कम्पनीहरु आक्रमक बिक्रीमा केन्द्रित भएको समयमा यामाहाले कम डाउन पेमेन्टमा नै यामाहाका नयाँ मोटरसाइकल तथा बीएस ६ भर्सनका नयाँ स्कुटर बिक्री गर्ने योजना ल्याएको हो ।
यस्तोमा ग्राहकले १० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्दा के कस्ता डकुमेन्ट चाहिन्छ भन्ने चासो व्यक्त गर्ने गरेका छन् । यस्तो हामीले १० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइक तथा स्कुटर किन्न शोरुम जानुभन्दा अगाडि के कस्ता डकुमेन्ट तयार गर्नु पर्छ भनेर जानकारी दिने प्रयास गरेका छौं ।
१. स्थायी बसोबासको प्रमाण
यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले ल्याएको १० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्ने मानिस स्थानिय भएको हुनु पर्ने छ । जस्तो काठमाडौंमा मोटरसाइकल किन्ने काठमाडौं कै र चितवनबाट मोटरसाइकल किन्ने चितवनकै हुनु पर्ने छ ।
काठमाडौंको कुनैपनि शोरुममा मोटरसाइकल किन्नको लागि काठमाडौंको स्थायी बासिन्दा हुनु पर्नेछ । जग्गाको लाल पुर्जा वा बिजुलीको बील यसको प्रमाणको रुपमा लानु पर्ने हुन्छ ।
२. आम्दानीको स्रोत
मोटरसाइकल किन्ने मानिस कुनैपनि कम्पनीमा आवद्ध भएको र मासिक आम्दानी कति हो । संस्थाको लेटरहेडमा आम्दानी स्रोत खुल्ने चिठ्ठीका साथै ६ महिनाको बैंक स्टेटमेन्स पेस गनु पर्ने हुन्छ ।
३.साक्षी
यो योजनामा ग्राहकले अर्को स्थानीय बासिन्दा साक्षीका लागि लग्नु पर्ने हुन्छ । उक्त साक्षीको नागरिकता र फोटोसमेत व्यवस्था गरेर शोरुम जाँदा तत्कालै काम गर्न सहज हुन्छ ।
४. लाइसेन्स
मोटरसाइकल किस्तामा किन्ने ग्राहकसँग अनिवार्य सवारीचालक प्रमाणपत्र हुन पर्नेछ । यसका साथै ग्राहले २ प्रति फोटो समेतसँगै लिएर जानु पर्ने हुन्छ ।
ग्राहकले यो योजनमा मोटरसाइकल किन्दा ३ बर्षमा किस्ता तिर्नु पर्ने हुन्छ । त्यस्तै यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ ।

