काठमाडौं । निसान मोटर्सको सब फोर मिटर एसयूभी म्यागनाइटको ग्लोबल प्रिमियर भएको छ । कम्पनीले यसलाई अनलाइनमार्फत सार्वजनिक भएको हो ।
निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट नेपाल ल्याउने घोषणा गरेको छ ।
‘बिग, बोल्ड र ब्युटिफुल’ नारासहित सार्वजनिक भएको म्याग्नाइट स्पोर्टी लुक्स, एलइडी हेडल्याम्प, एलइडी डीआरएल., फ्लोटिङ्ग रुफ, ड्यूल टोन बडी पेन्ट, ड्यूलटोन रियर बम्पर जस्ता विशेषता रहेको एसयूभी हो ।
सब फोर मिटर सेग्मेन्टमा आउने निसान म्यागनाइटमा १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एस्पायर र अर्काे टर्बाेचार्ज्ड इन्जिन हुनेछ ।
निसान म्यागनाइटमा ८ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टिएफटि डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।
नेपालमा यसको मूल्यको बारेमा कम्पनीले केहि जानकारी नदिएपनि यो सेग्मेन्टकै सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी हुने अनुमान गरिएको छ ।

