किया सेल्टोसको क्रयास टेष्टमा कमजोर प्रदर्शन, पायो ३ स्टार रेटिङ

काठमाडौं । कियाको सफल एसयूभी सेल्टोसले निरासाजनक रेटिङ प्राप्त गरेको छ । बल्की डिजाइन र लोभलाग्दो फिचरको कारण चर्चामा रहेको किया सेल्टोसले ग्लोवल एनक्याप क्रयास टेस्टमा ३ स्टार रेटिङ पाएको हो । यद्यपी कम्पनीले आफ्नो एचइटी भेरियन्टको क्रयास टेस्ट गराएको थियो ।

ग्लोवल एनक्यापले सेल्टोसलाई ६४ किलोमिटर प्रतिघन्टाको रफ्तारमा ठोक्काएको थियो । ग्लोवल एनक्यापले दिएको रिपोर्ट अनुसार स्टक्चर र फुटवेल एरियासम्म त्यसको इम्प्याक्ट आएको थियो । जसका कारण यसलाई ‘अनस्टेवल’ भनिएको छ ।

अधिकतम १७ अंकमा गरिएको परिक्षणका किया सेल्टोसले ८.०३ अंक पाएको थियो । टाउकोमा लाग्ने सक्ने संभावित चोट र एयरव्यागको कार्य सन्तोषजनक नभएको ग्लोवल एनक्यापले जनाएको छ । साथै, घुडा र छातिको सुरक्षामा भने सेल्टोसले राम्रो स्कोर पाएको छ ।

ग्लोवल एनक्यापका अनुसार सेल्टोस चाइल्ड सेफ्टी थप कमजोर रहेको छ । चाइल्ड सेफ्टीमा ४९ पूर्णाङ्कमा १५ अंक मात्र पाउन सकेकाले यसलाई २ स्टार रेटिङ प्रदान गरिएको छ ।


Back_to_top