काठमाडौं । यामाहा मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालले हरेक ४ महिनामा एक पटक आफ्ना सदस्यहरुले विक्री गर्ने सवारी साधनको अधिकतम खुद्रा मूल्य कार्तिक २५ गते प्रकाशन गरेको थियो ।
नयाँ प्रकाशित मूल्यसूचीमा यामाहाले विक्री गर्ने बिभिन्न ८ भेरियन्टका स्कुटर तथा १२ भेरियन्टका मोटरसाइकलको मूल्य समावेश रहेको छ ।
कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल यामाहा सलुटो ड्रमको मूल्य २ लाख ७ हजार ९०० रुपैयाँ र सबै भन्दा महंगो मोटरसाइकल एक्सटीजेड १५० को मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै यामाहाले विक्री गर्ने सबैभन्दा सस्तो स्कुटर रे जे ११३को मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो रे जेडआर १२५ एफआइ स्ट्रीट र्यालीको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्यसूची



