यस्तो छ मारुती सुजुकीको १४ मोडलका ४२ भेरियन्टको नयाँ मूल्य

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सीजी मोटोकर्पले विक्री वितरण गर्दै आएको सबै मोडलको नयाँ विक्री मूल्य सार्वजनिक गरेको छ ।

मोटोकर्पले मारुती सुजुकीका १४ मोडलका ४२ भेरियन्टको नयाँ मूल्य सार्वजनिक गरेको हो । कम्पनीले ८०० सीसीदेखि १५०० सीसीसम्मका कारहरु विक्री गर्दै आएको छ ।

मारुतीले नेपालमा अल्टो, वागेनआर, सेलेरियो, एसप्रेसो, डिजायर, न्यू स्वीफ्ट, भिटारा ब्रेजा, इको, इग्नीस, एसक्रस, बलेनो, सियाज तथा एक्सएल सिक्स मोडलका कारहरु विक्री मूल्य सार्वजनिक गरेको हो ।

मारुती सुजुकीले अल्टो, एसक्रस, वागेनआर, सेलेरियो, एसप्रेसो, स्विफ्ट, बलेनो, इग्नीस जस्ता ह्याचव्याक कार विक्री गर्दै आएको छ । मारुतीका अन्य मोडलमा डिजायर तथा सियाज जस्ता सेडानकार तथा भिटारा ब्रेजा, एसक्रस र एक्सएलसिक्स जस्ता एसयूभी रहेको छ । त्यस्तै कम्पनीले मारुतीको इको भ्यान तथा अर्टिगा एमयूभी विक्री गर्दै आएकोे छ ।

मारुतीको कारहरु मध्य सबभन्दा कम विक्री मूल्य अल्टो ८०० को १८ लाख ९९ हजार रहेको छ भने, सबैभन्दा धेरै एसक्रस अल्फाको ४८ लाख ९९ हजार रहेको छ ।


Back_to_top