सर्वाधिक सस्तो व्याजदरमा गाडी किन्न ऋण, सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले बजारमा चलेको व्याजदरको तुलनामा निकै सस्तो दरमा सवारी साधन कर्जा दिइरहेको जनाएको छ । बैंकले ७.५ प्रतिशत व्याजदरमा नै सवारी साधन कर्जा उपलब्ध गराउँदै आएको छ ।

‘व्याज अति सस्तो, गाडी किनौँ किनौँ जस्तो’ स्लोगन सहित बैंकले अटो कर्जाको स्कीम चलाई रहेको छ । बैंकले विशेषत चाडपर्वको अवशर पारेर यो स्कीम ल्याएको थियो । अबको केहि दिनमा नै यो स्कीम सकिने बैंकले जनाएको छ ।

बजारमा अहिले अन्य बैंकले ८.२५ प्रतिशतदेखि १२ प्रतिशतसम्म व्याज लिइरहेको बेलामा राष्ट्रिय बाणिज्य बैंकले भने ७.५ प्रतिशत व्याजदरमा नै कर्जा सुविधा दिएको हो ।

बैंकले सेवा शुल्क वापत लाग्ने खर्चमा पनि ५० प्रतिशत छुट दिने जनाएको छ । यसले गाडी किन्न चाहने ग्राहकलाई निकै फाइदा पुग्ने बैंकले जनाएको छ । गाडी किन्न चाहने ग्राहकले बैंकको सबै शाखाबाट यो सुविधा पाउने छन् ।

ग्राहकले कर्जा प्रक्रिया सुरु गर्दा आफुले किन्न चाहेको गाडीको कोटेशन, आम्दानीको स्रोत खुल्ने कागजपत्र लगायतका डकुमेन्ट तयार गरेर कर्जा प्रक्रिया सुरु गर्न सक्ने छन् । गाडी किन्ने ग्राहकले मूल्यको ५० प्रतिशत मात्रै कर्जा सुविधा पाउन सक्ने छन् ।


Back_to_top