बिक्रीमा रेकर्ड बनाएको नयाँ जेनेरेशन थारले पायो ‘फोर स्टार रेटिङ’

काठमाडौं । महिन्द्राले दुई महिना अघिबाट भारतमा बिक्री सुरु गरेको नयाँ जेनेरेशन थारले बिक्रीमा नयाँ रेकर्ड बनाएको थियो । करिब ३० हजार यूनिटभन्दा बढी बुकिङ सहित थार अहिले भारतमा उत्पादन हुने अफरोड एसयूभीको लिडर बन्न सफल भएको छ ।

बिक्रीमा सफलता हात पार्दै गएको थारले केहि दिनअघि भएको ग्लोवल एनक्यापको क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाउन सफल भएको छ । थारले एडल्ट र चाइल्ड दुबैको सुरक्षामा अब्बल सावित हुँदै फोर स्टार रेटिङ प्राप्त गर्न सफल भएको हो ।

क्र्यास टेष्टमा थारले एडल्ट सेफ्टीमा १७ अंकमा १२.५२ अंक हासिल गरेको थियो भने चाइल्ड सेफ्टीमा ४९ अंकमा ४१.११ अंक प्राप्त गरेको थियो । थारको साइड बडीपनि संयूक्त राष्ट्र संघले तोकेको (यूएन ९५) सुरक्षा मापदण्ड पुरा गरेको छ ।

महिन्द्रा थारमा सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, सिटवेल्ट, एसबीआर, आईएसओ फिक्स चाइल्ड सिट दिइएको छ ।

ड्भेञ्चर ड्राइभिङ मन पराउने ग्राहकलाई लक्षित गरेर बजारमा ल्याइएको थारको नयाँ जेनेरेशन मोडल निकै पृथक डिजाइनमा आएको छ ।

यसलाई अफरोड ड्राइभिङ मन पराउने र पारिवारीक कारको रुपमा प्रयोग गर्नेले समेत खरिद गर्न थालेका कारण भारतमा माग उच्च रहेको जनाइएको छ ।

नयाँ जेनेरेशन थार निकै आकर्षक डिजाइन र थप लग्जरी फिचरका साथ आएकाले नेपालको लागि महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले यसलाई नेपाल ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top