बेनेलीको बाइकमा १६ हजार नगद छुट

काठमाडौं । युनिटी ट्रेडिङले बेनेली लियन्सीनो २५० को खरिदमा १६ हजार नगद छुट दिने योजना ल्याएको छ । कम्पनीले वीन्टर अफर अन्तर्गत नगद छुटको योजना ल्याएको हो ।

बेनेलीको आधिकारीक शोरुम युनिटी ट्रेडिङले पु्ल्चोक ग्वार्को र विरगजंमा यो योजना लागु भएको जनाएको छ । यो योजनामा बेनेली टीएनटी १५ आर्इमा ७ हजार नगद र लियन्सीनो २५० मा १६ हजार नगद छुट दिने योजना ल्याएको हो ।

यो योजनामा ३ हजार बराबरको हेल्मेट, २५ सय बराबरको लेदर ग्लब्स, चेष्ट गार्ड र बाइक कभर निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले एक्सचेन्जमा नगद छुट दिने छैन । एक्सचेन्ज गर्ने ग्राहकले मोटरसाइकल तथा स्कुटरमा १५ हजार थप मुल्याङ्कन पाउने कम्पनीले जानकारी दिएको छ ।

लियन्सिनो २५० मोटरसाइकलमा स्टील-ट्रेलिस च्याचिस, स्वीङआर्म र सस्पेन्स रहेको छ । अल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेको मोटरसाइकलमा २४९.६ सीसी इनलाइन २ सिलिण्डर, ४ स्टोक, लिक्वीड कुल्ड, डबल ओभरहेड क्यामसाफ्ट, ४ भल्भ इन्जिन रहेको छ ।

उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा २४.५ बीएच पावर र ७५०० आरपीएममा २१ एनएम टर्क जेनेरेट गर्छ । लियोनसिनो २५० मा ६ गियरको म्यानुयल गियरबक्स दिइएको छ ।

अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस रहेको छ । यो मोटरसाइकलको लम्बाई २१३९ एमएम, चौडाई ८८७ एमएम, उचाई ११२० एमएम रहेको छ भने सिट हाइट ७८५ एमएम रहेको छ ।

१३.५ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ । नेपाली बजारमा बेनेलीको यो चर्चित मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top