यी हुन् कम सीसीका इन्जिनमा ६ स्पीड गियरबक्स भएका मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा ६ स्पीड गियरबक्स भएका मोटरसाइकलको संख्या कम रहेको छ । प्रायः जसो नेपालमा विग बाइकमा मात्र ६ स्पीडको गियर बक्स पाउन सकिन्छ ।

यस्तोमा नेपाली बजारमा केहि मोटरसाइकल यस्ता रहेको छन्, जुन १२५ सीसी तथा १५० सीसी क्षमताका भएपनि ६ स्पीडको गियरबक्स दिइएको छ ।

केटीएमले विक्री गर्ने ड्यूक १२५ मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिएको छ भने यामाहाले विक्री गर्ने आर१५ भी ३ र एमटी १५ मा ६ स्पीडको गियरबक्स रहेको छ । यस्तै अर्को मोटरसाइकल कम्पनी सीएफ मोटोले विक्री गरिरहेको एनके १५० मा समेत ६ स्पीडको गियरबक्स रहेको छ ।

नेपालमा उपलब्ध १२५ सीसी क्षमताको मोटरसाइकलमा ६ स्पीडको गियरबक्स रहेको एकमात्र मोटरसाइकल केटीएम ड्यूक १२५ हो ।
केटीएम ड्यूक १२५ मा १२४.७ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै यामाहाले नेपालामा विक्री गरिरहेको एमटी १५ र आर १५ भी ३ मा समान १५५ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई भीभीए इन्जिन रहेको छ । यो इन्जिनले १९ बीएच पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यी दुई मोटरसाइकल नेपालमा नै १५० सीसी सेग्मेन्टमा सर्वाधिक पावरफुल मोटरसाइकल हुन् । यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यामाहा आर १५ भी ३ को मूल्य  ४ लाख ६९ हजार ९०० र एमटी १५ काे मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै सीएफ मोटो १५० एनकेमा १५० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ११.८ हर्सपावर तथा १०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको ६ स्पीड गियरबक्स भएको मोटरसाइकल रहेको छ । यसको मूल्य ३ लाख २१ हजार ५०० रुपैयाँ रहेको छ ।


Back_to_top