भोल्भोको हेर्दै डरलाग्दो विज्ञापन (भिडियोसहित)

काठमाडौं । भोल्भो विश्वमा नै सुरक्षीत ट्रक उत्पादनमा चर्चित नाम हो । विश्व अटोमोवाइल बजारमा भोल्भो प्रिमियम प्यासेन्जर कार र ठूला बस, ट्रक, टिपर, पुलर जस्ता साधन निर्माणमा अग्रणी कम्पनी रहेको छ ।

भोल्भोले ‘एफएमएक्स’ ट्रकमा ३०० एमएमको ग्राउन्ड क्लियरेन्स दिएर नयाँ बनाएको विज्ञापन निकै चर्चामा आएको छ । तर, भोल्भोको यो विज्ञापन सन् २०१३ मा निर्माण भएर यूट्यूवमा अपलोड भएको देखिन्छ । यो विज्ञापनमा मानिसको टाउको माथि ट्रक चलाइएको छ ।

मानिसको बडीलाई जमिनमुनी बनाएर घाँटीभन्दा माथिको २७५ एमएम बाहिर देखाइएको छ ।

भोल्भो कै टेक्नीकल डिपार्टका रोनाल्ड एसभेन्सनलाई यसरी जमिन मुनी राखेर त्यसको ग्राउन्ड क्लियरेन्स पुष्टी गर्न माथिबाट ट्रक चलाइएको छ । रोनाल्डले गाडीको ग्राउन्ड क्लियरेन्सको विषयमा जानकारी दिइरहेको समयमा नै त्यो ट्रक उनि माथिबाट भएर जान्छ ।

भोल्भोका बस, ट्रक र टिपरहरु नेपाली बजारमा पनि विक्री वितरण हुँदै आएका छन् ।


Back_to_top