अप्रिलियाले फेब्रुअरीमा ल्याउने भयो ‘टुनो-६६०’

काठमाडौं । इटालियन कम्पनी पियाजीओले अप्रिलिया ब्राण्डमा नयाँ मोटरसाइकल ‘टुनो ६६०’ आगामी फेब्रुअरी महिनामा सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ मोटरसाइकलको टिजर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

स्पोर्टस् डिजाइन र रेसिङ डिएनएमा आधारित नयाँ मोटरसाइकलमा ६५९ सीसी क्षमताको ट्वीन सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ९४ हर्स पावर शक्ति प्रदान गर्छ ।

‘फुल फियर्ड डिजाइन, आल्मुनियम फ्रेम र टुइन इन्जिन’ यो मोटरसाइकलको मूख्य विशेषता हो । कम्पनीको आरएसभी फोर ११०० सुपर वाइकबाट प्रेरित यो मोटरसाइकल आरएस ६६० कम पावर क्षमतामा पनि आउन सक्ने जनाइएको छ ।

यो मोटरसाइकलमा अप्रिलियाले क्रुज कन्ट्रोल, एबीएस, मल्टीलेवल ट्रायाक्सन कन्ट्रोल, कलर टिएफटी डिस्प्ले जस्ता फिचर फिचर दिइएको अनुमान गरिएको छ ।


Back_to_top