काठमाडौं । नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । महाशाखामा भएको एक कार्यक्रमका बीच आज माघ २१ गते नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदसिय नाडा प्रतिनिधि मण्डलले उक्त सहयोग हस्तान्त्रण गरेको हो ।
उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दै सडकमा देखिएका चुनौती कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नाडाका सदस्यहरुसँग छलफल गरेका थिए । उनले नाडासँग मिलेर अगाडि बढ्न ट्राफिक प्रहरी सदैब तयार गरेको जानकारी दिएका थिए ।
सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडा वीच विगतदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गरेका थिए। दुलाले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियाको उपस्थिति रहेको थियो ।


