क्लासिक लेजेन्ड जावाले जावा ४२ को नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले जावा ४२ काे २.१ सार्वजनिक गरेको हो ।
कम्पनीले २०१८ मा जावा ४२ सार्वजनिक गरेको थियो । गत वर्ष कम्पनीले ४२ बीएस ६ भर्सन सार्वजनिक गरेको थियो । कम्पनीले हाल यसको ग्राफिकमा साथै केही मेकानिकल परिर्वतन समेत गरेको बताएको छ । यो मोटरसाइकल भारतीय जावा शोरुममा उपलब्ध रहेको छ ।कम्पनीले जावा ४२ को २.१ मा एक्जष्ट नोटको पहिलाभन्दा आकर्षक बनाएको छ । त्यसैगरि सिटको साइज ठुलो बनाएको छ ।
जावा ४२ को २.१ मा २९३ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । कम्पनीले यसमा इन्जिन क्रस पोर्ट टेक्नोलोजी प्रयोग गरेको छ । कम्पनीका अनुसार सिंगल सिलिन्डर इन्जिनमा क्रस पोर्ट टेक्नोलोजी प्रयोग गर्ने यो पहिलो मोटरसाइकल भएको छ । यो इन्जिनले २७.३३ पीएस पावर तथा २७.०२ एनएम टर्क जेनेरेट गर्छ । यो टेक्नोलोजिको प्रयोगले इन्जिनको समग्र पर्फमेन्समा सुधार आउछ ।
यसका अलावा कम्पनीले तीन नयाँ कलर अप्सन समेत थप गरेको जनाएको छ । यसमा अलोय ह्वील, टुयूवलेस टायर र ट्रिप मिटर स्ट्यान्डर्ड फिचरको रुपमा दिएको छ । यस्तै एसोशरिजको रुपमा फ्लाइ स्क्रीन र हेडल्याम्प ग्रिल समेत दिएको जनाएको छ । जावा ४२ को २.१ को मूल्य १ लाख ८३ हजार ९२४ भारतीय रुपैयाँ एक्स शोरुम रहेको छ ।


