काठमाडौं । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले एसक्रसलाई पेट्रोल इन्जिनमा ल्याउने भएको छ । यसअघि डिजेल इन्जिनमा मात्रै उपलब्ध रहेको एसक्रस पेट्रोल इन्जिनमा आउने भएको हो ।
कम्पनीले माइल्ड हाइब्रिड इन्जिनमा एसक्रस ल्याउने छ । यसमा १.५ लिटर क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम १०३ बीएच पावर र १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड एएमटी गियरबक्स दिइएको छ ।
नयाँ एसक्रसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको अलोय ह्वील, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, मारुती सुजुकीको कनेक्ट कार टेक जस्ता फिचर यसमा पाउन सकिन्छ ।
पावर विन्डो, पावर स्टेरिङ, एसी जस्ता फिचर उपलब्ध रहेको एसक्रसलाई मारुती सुजुकीले सुरक्षीत बनाउन ड्यूल एयरव्याग, इबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर जस्ता फिचर दिएको छ ।
पाँच जना यात्रुले आरमदायी तरिकाले यात्रा गर्न सक्ने यो क्रसओभर एसयूभीको सुरुवाती मूल्य ४५ लाख रुपयाँ कायम हुने अनुमान गरिएको छ । तर, यसको मूल्यको विषयमा सिजी मोटोकर्पले कुनै आधिकारीक जानकारी दिएको छैन ।

