काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सब फोर मिटर एसयूभीलाई विभिन्न १३ भेरियन्टमा विक्री वितरण गर्दै आएको छ ।
कम्पनीले भेन्यूमा विभिन्न ४ इन्जिन अप्सन समेत दिएको छ । जसमा १.२ लिटर नेचुरल एस्पायर्ड पेट्रोल इन्जिन, १.० लिटर टर्बो पेट्रोल इन्जिन, १.४ लिटर डिजेल इन्जिन र १.५ लिटर डिजेल इन्जिन अप्सन अपलब्ध रहेको छ ।
भेन्यूमा म्यानुयल गिएरबक्स, इन्टेलिजेन्ट म्यानुयल गियरबक्स (आईएमटी) र डिसीटी (ड्यूल क्लच ट्रान्समिसन) अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । यी गियरबक्ससँगै भेन्यू धेरै किसिमका गियरबक्स जडान भएको सब फोर मिटर एसयूभी समेत भएको छ ।
कम्पनीले अहिले १.२ लिटर नेचुरल एस्पायर्ड पेट्रोल इन्जिनमा भेन्यू इ, एस, एस प्लस भेरियन्ट विक्री गर्दै आएको छ । साथै, कम्पनीले १.० लिटर टर्बो पेट्रोल इन्जिनमा एस, एसएक्स, एस आईएमटी, एसएक्स आईएमटी, एस डिटीसी, एसएक्स डिटीसी भेरियन्ट उपलब्ध गराएको छ ।
त्यसैगरि १.५ लिटर डिजेल इन्जिनमा ‘एस र एसएक्स’ भेरियन्ट उपलब्ध रहेको छ भने १.४ लिटर इन्जिनमा पनि ‘एस र एसएक्स’ भेरियन्ट उपलब्ध रहेको छ ।
यस्ताे छ मूल्यसूची


