कस्तो बन्ला नेपाली विद्यार्थीले बनाउन लागेको विद्युतीय गाडी, यस्तो छ चेसिस

काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पुराना गाडीलाई इलेक्ट्रीकमा परिवर्तन गर्ने काम थालनी गरिरहेको समयमा थापाथली इन्जिनियरिङ क्याम्पसमा मेकानिकल विषयमा अध्यनरत विद्यार्थीहरुले इलेक्ट्रीकल गाडीको चेसिस निर्माण गरेका छन् ।

इन्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्षमा पढिरहेका विद्यार्थीहरुले बनाएको यो विद्युतीय गाडीलाई सेप्टेम्बर, २०२१ मा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धामा पठाइने भएको छ । सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । त्यहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ ।

अहिले कलेजले परिक्षाको तयारी गरिरहेको कारण गाडीको एक्स्टेरियर र इन्टेरियर निर्माण हुन सकेको छैन । परिक्षा सकिएपछि बाँकी काम अगाडि बढाउने तयारीमा विद्यार्थीहरु रहेका छन् ।

कलेजमा अध्यनरत विद्यार्थीले १० जना सहभागि भएर सिरेटो टिम बनाएका छन् । उनिहरुको यो इलेक्ट्रीक गाडी बनाउने काममा गोल्छा ग्रुपले सहयोग गरिरहेको छ ।


Back_to_top