अपग्रेड भएको किया सेल्टोस र सोनेट भारतमा विक्री सुरु, यस्तो छ नेपाल आउने मिति

काठमाडौं । कियाले भारतमा उत्पादन गर्ने दुई एसयूभी सेल्टोस र सोनेटको अपग्रेड गरेर बजारमा सार्वजनिक गरेको छ । कियाले दुबै एसयूभीमा केहि फिचर थप गर्दै लोगोसमेत परिवर्तन गरेको हो ।

नयाँ अपग्रेड मोडलको सुरुवाती मूल्यमा ६ हजार भारतीय रुपैयाँ महंगो बनाइएको छ । साथै, कम्पनीले १.५ लिटर डिजेल एचटीएक्स प्लस भेरियन्टको उत्पादन बन्द गरेको छ भने १.५ लिटर पेट्रोल एचटीके प्लस भेरियन्टमा आइएमटी गियरबक्स दिएको छ ।

नयाँ जिटिएक्स अप्सनल भेरियन्ट अब १.४ लिटर टर्बो पेट्रोल र म्यानुयल गियरबक्समा उपलब्ध रहेको छ । नयाँ सेल्टोसको केहि भेरियन्टमा प्याडल सिफ्टर, थप भ्वाइस कमाण्ड जस्ता फिचर थप गरिएको कियाले जनाएको छ ।

कियाको सव फोर मिटर एसयूभी सोनेट पनि अपग्रेड भएको छ । कम्पनीले यसको मेकानिकल परिमार्जन भने गरेको छैन । कम्पनीले यसको एचटीएक्स भेरियन्टमा हिल स्टार्ट एसिस्ट, इएससी, स्टेविलिटी मेनेजमेन्ट, ब्रेक एसिस्ट, १६ इन्चको डायमण्ड कट अलोय ह्वील स्टायडर्ड रुपमा प्रदान गरेको छ भने अटोमेटिक गियरबक्समा प्याडल सिफ्टर, तीनवटा ड्राइभिङ मोड दिएको छ ।

चाँडै नेपाल आउने

कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले यी दुबै गाडी जेठको दोस्रो सातासम्ममा नेपाल आउने जनाएको छ ।

‘हाम्रो सबै अडर नयाँ अपग्रेड मोडलको हो । अवस्था सहज रहे जेठको दोस्रो सातामा नयाँ गाडी नेपाल आउने छ’, कम्पनीका डिजिएम अनिश लामिछानेले मेरोअटोसँग भने ।


Back_to_top