काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले नयाँ मोटरसाइकल फिएरो बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसको टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल बजारमा आउन तयार रहेको सन्देश दिएको हो ।
कम्पनीले ल्याउने फिएरो मोटरसाइकल १२५ सीसी क्षमताको हुने अनुमान गरिएको छ । कम्पनीले यसको इन्जिन, फिचर र मूल्यको विषयमा केहि जानकारी दिएको छैन । तरपनि कम्पनीले ल्याउने यो मोटरसाइकल कम मूल्य र १२५ सीसीको हुने विभिन्न रिपोर्टहरु बाहिर आएका छन् ।
कम्पनीले जारी गरेको टिजरमा मोटरसाइकलको आकर्षक हेडल्याम्पसँगै दिइएको डे टाइम रनिङ लाइट देख्न सकिन्छ । यहि तस्विरलाई आधार मान्ने हो टीभीएसले स्टाइलिस प्रोडक्टको रुपमा यसलाई बजारमा उतार्ने छ ।

