बाइडुले चीनमा सुरु गर्यो चालक रहित ट्याक्सी सेवा

काठमाडौं । चीनको राजधानी बेजिङमा बाइडु नामक कम्पनीले चालक रहित ट्याक्सी सेवा संचालनमा ल्याएको छ । विश्वमा प्रविधिको विकाससँगै अटोमोवाइल क्षेत्रमा पनि धेरै नयाँ खोजहरु भइरहेका छन् । यहि क्रममा बाइडुले चालक वीनाको सेवा सुरु गरेको हो ।

विकसित देशहरुमा आर्टिफिसीयल इन्टेलीजेन्सको प्रयोग अब कारहरुमा सामान्य भइसकेको छ । दक्षिण एसीयाली देशहरुमा उत्पादन भएका कारमा भ्वाइस कमाण्ड बुझ्ने हुन थालेका छन् ।

विश्वका गुगल, टेस्ला, एप्पल, माइक्रोसफ्ट जस्ता प्रविधिमा आधारित कम्पनीहरुले चालक रहित कारको परिक्षण गरिरहेका छन् । यो दौडमा चिनियाँ प्रविधि कम्पनी वाइडुले पनि आफु अगाडि रहेको देखाएको हो ।

बाइडुले राजधानी बेजिङको सोगांङ पार्कमा पहिलो पटक चालक रहित ट्याक्सीको सुरुवात सर्वसाधारणका लागि गरेको हो । बाइडु अपोलो नाम दिइएको यो ट्याक्सीमा चालक हुदैनन् । यो ट्याक्सीको प्रयोग गर्नका लागि ग्राहकले आफ्नो मोवाइलमा सबैभन्दा पहिला कम्पनीको ‘अपोलो गो रोबोटिक्स’ एप डाउनलोड गर्नु पर्ने हुन्छ । त्यसपछि एपको माध्यमबाट आफु नजिक रोबोट्याक्सी आफु नजिक बोलाउन सकिन्छ । ट्याक्सी आफ्नो अगाडि आएपछि ग्राहकले क्यूआर कोड स्क्यान गनेर ढोका खोल्न सक्दछन् ।

यात्रुले ट्याक्सीमा चढेपछि सिटवेल्ट लगाउने, सबै ढोका बन्द गरेपछि ‘स्टार्ट द जर्नी’ बटममा थिच्नु पर्छ अनि ग्राहकले चाहेको स्थानमा यो ट्याक्सीले पुर्याउनेछ ।

बाइडुले बेजिङमा हुने सन् २०२२ को बेजिङ विन्टर ओलम्पिक्सलाई मध्यनजर गरेर यो ट्याक्सी सडकमा उतारेको जनाएको छ । यस ट्याक्सीको माध्यमबाट ओलम्पिक्समा आउने दर्शकहरुको ओसार पसार गरिनेछ । यस ट्याक्सीको बाटोमा सयौ पटक सफल परिक्षणपछि मात्र सर्वसाधारणको लागि प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।

बाइडुले अटोनोमस ड्राइभिङ टेक्नलोजीमा विगत ८ वर्षदेखि लगानी गरिरहेको छ । बाइडुसँग इन्टेलिजेन्ट ड्राइभिङ सम्बन्धी २ हजार ९ सयवटा पेटेन्ट रहेको छ ।


Back_to_top