काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले कोरोना महामारीको नियन्त्रण र त्यसको सहजताका लागि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र ५ हजार थान मास्क गरि ५ थरि सामान शसस्त्र प्रहरीको कोभिड १९ यूनिफाइड अस्पताललाई हस्तान्त्रण गरेको छ ।
यी सामानहरु अस्पतालका प्रासप्र उपनिरिक्षक डा. मिना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका हुन् । ती सामान हस्तान्तरण गर्दै नाडाका अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गर्दै जाने बताए ।
सो कार्यक्रममा डा. मिना कुँवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोगका सामान ल्याइदिएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरप प्राप्त यी मेडिकेटेड सामानहरु अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने जानकारी दिए । हस्तान्तरण कार्यक्रममा अस्पतालकातर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति रहेको थियो ।


