काठमाडौं । अस्ट्रेलियाको ग्राफिन म्यानुफ्याक्चरिङ ग्रुपले व्याट्री टेक्नलोजीमा एक नयाँ प्रविधिको विकास छ । कम्पनीले नयाँ ग्राफिन एल्मुनीयम आयोन व्याट्रीको विकास गरेको दावी गरेको हो ।
कम्पनीले विकास गरेको व्याट्री आईफोनमा प्रयोग गर्ने हो भने जम्मा १० सेकेन्डमै चार्ज हुने बताइएको छ । यो प्रविधिको व्याट्री अहिले चल्तीमा रहेको लिथियम आयोन भन्दा ६० गुणा छिटो चार्ज हुने कम्पनीले दावी गरेको छ ।
ग्राफिन एल्मुनियम व्याट्री चार्जीङ मात्र छिटो हुने होइन कि, यसमा तीन गुणा बढी इनर्जी समेत सेभिङ हुने कम्पनीले जनाएको छ । अहिले यस प्रविधिको व्याट्रीको कस्टुमर टेस्टीङ चलिरहेको छ । यस्ता व्याट्रीहरु घडी, फोन, ल्यापटप, ग्रिड स्टोरेज तथा इलेक्ट्रीक गाडीमा समेत प्रयोग गर्न सकिने छ ।
कम्पनीले जनाएअनुसार ग्राफिन एल्मुनीयम आयोन व्याट्री धेरै सस्टेनेवल र सजिलै रिसाइकल गर्न सकिने हुन्छ । कम्पनीले गरेको परिक्षणका आधारमा यस्ता व्याट्रीहरुमा लिथियम आयोनभन्दा राम्रो इनर्जी डेन्सीटी रहेको र तात्ने र चिसीने समस्या समेत केही नरहेको जनाइएको छ ।

