काठमाडौं । अमेरिकन एसयूभी एक्पर्ट जीपले भारतीय बजारको लागि सब फोर मिटर एसयूभीमा काम गरिरहेको खबरहरु यसअघि नै बाहिर आएका थिए ।
भारत र भारतमा उत्पादन भएर निर्यात हुने बजारमा साना एसयूभीहरुको राम्रो विक्री आँकडा देखिएकाले जीपले सव फोर मिटर सेग्मेन्टमा आफ्नो नयाँ एसयूभी ल्याउन लागेको जनाएको छ ।
अहिले भारतमा रहेका मुख्य उत्पादकहरुले यो सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् । महिन्द्राको एक्यूभी ३००, टाटाको नेक्सन, हुन्डाईको भेन्यू, कियाको सेल्टोस, निसानको म्याग्नाइट, रेनोको काइगर, कियाको सोनेट, फोर्डको इकोस्पोर्ट र सुजुकीको भिटारा ब्रेजा यस सेग्मेन्टमा चल्तीका एसयूभी हुन् ।
जीपले कम्प्याक्ट एसयूभीलाई प्रोजेक्ट ५१६ कोडनेम दिएर काम गरिरहेको समाचारहरु बाहिर आएको थियो । यो गाडी जीपको सीएमपी प्ल्याटफर्ममा आधारित रहने छ । अनअफिसीयल रुपमा बाहिर आएका तस्वीरहरुका अनुसार जीपको नयाँ कम्प्याक्ट एसयूभी निकै आकर्षक तथा स्पोर्टी देखिएको छ ।

यसको अगाडि वाइड फ्रन्ट ग्रिलको छेउमा एलइडी हेडल्याम्पको प्रयोग भएको छ । ग्रिलमा जीपको सिग्नेचर सेभेन स्लट डिजाइन रहेको छ । फ्रन्ट बम्परमा सानो सिल्क होरिजेन्टल एयर ड्याम देख्न सकिन्छ । यसको अगाडिको बम्बरमा हेडल्याम्पसँगै एलइडी डे टाइम रनिङ लाइट पनि देख्न सकिन्छ ।
जीपको नयाँ एसयूभीको बटममा कालो कलरको क्लाइडिङका साथै कालै कलरको ह्वील आर्क रहेको छ । यसमा देखिएको अलोय ह्वील जीपको कम्पासकै जस्तो डिजाइनमा भएपनि कलर भने पूरै कालो रहेको छ । यसको ए, बी र सी पील्लरहरुको साथै रुफ र ओआरभीएम पनि कालो कलर देखिएको छ । ओआरभीएममा एलइडी इन्डीकेटरको इन्ट्रिगेसन रहेको छ । यसको पछाडि भागमा वारपार हुनेगरि इन्ट्रीगेटेड सिंगल पिस टेल लाइट दिइएको छ । पछाडिको बम्पर पनि कालै कलरको तर, केही मात्रामा क्रोमको प्रयोग गरिएको देखिन्छ ।
जीपको नयाँ प्रोजेक्ट ५१६ मा १.२ लिटरको टर्बो चार्ज्ड पेट्रोल इन्जिन र म्यानुयल र अटोमेटिक गियरबक्समा आउने अनुमान गरिएको छ । सुरुमा कम्पनीले यसलाई फ्रन्ट ह्वील ड्राइभ सिस्टम र पछि अलह्वील ड्राइभ अप्सनपनि दिने अनुमान गरिएको छ ।
यसलाई किन्न चाहने ग्राहकले अझै एक वर्ष कुर्नु पर्ने अनुमान गरिएको छ ।


