काठमाडौं । आर्थिक वर्ष २०७८/७९को बजेटले यातायात पूर्वाधारमा १ खर्व ६३ अर्व ३७ कारोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको बजेटले सडक संजाल, रेल, इलेक्ट्रीक सवारी साधनको प्रयोग बढाउन आवश्यक पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्ने उल्लेख गरेका छन् ।
ठूला राजमार्गको विस्तार र स्तरोन्नती, चीन जोड्ने रणनीतिक महत्वका सडक निर्माण, ३०० नयाँ पुल निर्माण सम्पन्न गर्न, सहरी क्षेत्रमा फ्लाइओभर र सुरुङ निर्माण गर्न, सिग्नेचर आर्क व्रिजको निर्माण प्रक्रिया सुरु गर्न, यातायात व्यवस्था विभागलाई प्रविधिमैत्री बनाउन, रेल मार्ग निर्माण, जल यातायात विकास गर्न उक्त रकम खर्च गरिने उल्लेख छ ।
उपत्यकामा १०० वटा विद्युतीय बस संचालन गर्ने र देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने बजेटमा उल्लेख छ ।


